ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा यसपटक एमालेकाे नेतृत्वमा सरकार बन्छ

नेपालगाथा २०८० चैत्र ८ गते बिहीबार १६:३७:०६ मा प्रकाशित

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व पटक पटक नेकपा माओवादीले लिएकाले यसपटक एमालेले नेतृत्व लिने बताउनु भएकाे छ। नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै महासचिव पाेखरेलले कर्णालीमा अहिलेसम्म एमालेले सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले नेतृत्व लिन बताउनुभएकाे हाे ।

सरकार सञ्चालनका लागि नेकपा एमालेले सहकार्यकाे हात फिंजाएकाे बताउँदै महासचिव पाेखरेलले भन्नुभयाे, 'कर्णालीमा माओवादी ठूलाे पार्टी भए पनि सहकार्य र विकासका लागि माओवादीका साथीहरु धेरै पटक नेतृत्व हामीले गर्‍यौं कमरेड, अब एक पटक तपाईंहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौं भन्नुपर्छ ।’

महासचिव पोखरेलले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरूलाई केन्द्रमा नधाउन पनि सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे, ‘नेतृत्वका लागि एमाले, माओवादीका कमरेडहरू काठमाडौं धाउनुपर्दैन । नेतृत्वले विवेक पुर्‍याएर निर्णय गर्छ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top