ट्रेण्डिङ

होमपेज / राजनीति

भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई दुई मन्त्रालय थप

नेपालगाथा २०८० चैत्र ६ गते मंगलबार १६:५४:३३ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए ‌। हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ‌।

 प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । हिजो सरकार पुनर्गठन गर्दा यी दुई मन्त्रालय मुख्यमन्त्रीलाई नै तोकिएको थियो ।

नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सहभागी गराइएको छ । कांग्रेसलाई दिइएको तीन मन्त्रालय एमालेले पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top