ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले कञ्चनपुरकाे अध्यक्षमा बुढा

नेपालगाथा २०८० चैत्र ६ गते मंगलबार १२:०२:४७ मा प्रकाशित

कैलाली । नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा लक्ष्मी बुढा सहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । यसैगरी उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।

अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top