होमपेज / राजनीति
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबार अगाडि प्रदर्शन गरेकाे छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ ।
मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि नेविसंघका विद्यार्थीहरु प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।