होमपेज / राजनीति
कमल कसेरा, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सी ले तीन वर्षभित्र पार्टीलाई आत्मनिर्भर र चन्दा मुक्त गर्ने बताउनु भएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्ररनगरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले पार्टीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर गरिने बताउनुभयो ।
पार्टीलाई उत्पादनसँग जोड्नका लागि तराईमा धान र फलफूल खेती गर्नुका साथै हिमाली जिल्लामा पनि उत्पादनमूलक कार्यमा पार्टी लागेको उहाँले बताउनुभयो । पार्टीको बैठकले गरेको निर्णय अनुसार नै कर्णाली प्रदेशका कालिकोट र जुम्ला जिल्लामा स्याउका एक हजार बिरुवा रोपिसकिएको र उक्त बिरुवालाई १० हजार पुर्याउने विप्लव सी ले पत्रकार सम्मेलनमा बताउनुभयो ।
वर्तमान सरकार फेर बदल भई रहँदा देशमा अस्थिरता निम्तिरहेको बताउँदै महासचिव बिप्लव सीले जनताको मत समाजवादतर्फ भएकाले अब सबै पार्टीहरु समाजवादतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।