ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बुझाए सुन तस्करीकाे प्रतिवेदन

नेपालगाथा २०८० चैत्र २ गते शुक्रबार ११:४१:४९ मा प्रकाशित

काठमाडौँ । आज बिहान बालुवाटार पुगेर गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका छन् । आयोगले हिजो गृहमन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो ।

सुन तस्करी प्रकरणको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको छ ।

कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्न प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top