ट्रेण्डिङ

होमपेज / राजनीति

बजेटमा शान्ति कोषको व्यवस्था गर्ने‍ - वर्षमान पुन

नेपालगाथा २०८० चैत्र १ गते बिहीबार १५:४२:०४ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने बताएका छन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए ।

बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको समेत उनले बताए। त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह सम्म गरे ।

विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं, सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारका तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा  लिएका छौं , अर्थमन्त्री वर्षमान पुनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top