ट्रेण्डिङ

होमपेज / राजनीति

 एमाले रोल्पाको अध्यक्षमा बुढामगर निर्वाचित

नेपालगाथा २०८० चैत्र १ गते बिहीबार ११:२८:४७ मा प्रकाशित

दाङ। नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको पार्टीले जनाएको छ ।

 मंगलबार सुरू भएको अधिवेशन पछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरू गरिएको थियो । 

 प्रतिस्पर्धामा बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्यले ११२ मतमा ल्याएका थिए । अधिवेसनवाट उपाध्यक्षमा विजयकुमार घर्तीमगर  सर्वसम्मत भएका छन् ।

सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा अर्का प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ ल्याए ।

उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी बिजयी भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top