होमपेज / राजनीति
काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'ह्विप' जारी गरेको छ। आज मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको हाे । बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको छ।
प्रधानमन्त्री दाहालले भाेलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।