होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।
राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिएकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।
निर्वाचन तालिका अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने कार्य तालिका रहेको छ ।