होमपेज / राजनीति
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपाका उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री निउक्त भएका छन्।
त्यस्तै जसपाकै नबलकिशोर साह वन मन्त्रीमा निउक्त भएका छन् । निउक्त भएका मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता भएका थिए।