होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनित गरेका छन् । शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेकाे कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो ।