होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ । आज पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो । बैठकमा परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधिकाे विषयमा सचिवालय बैठकमा छलफल हुने भनिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ ।
सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलो पटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा केन्द्रित हुने उनले भनेका छन् ।