होमपेज / राजनीति
काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका मन्त्री भगवती चौधरी, खानेपनी मन्त्री मन्त्री राजेन्द्र राई, उद्योग मन्त्री मन्त्री दामोदर भण्डारी, कृषि मन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीसहित ८ जनाले शपथ लिएका छन् ।
.jpg)
यसैगरी नेकपा माओवादी पार्टीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री, वर्षमान पुन अर्थ मन्त्री, शक्ति बस्नेत उर्जा मन्त्री, रेखा शर्मा सञ्चार मन्त्री र हितबहादुर तामाङ पर्यटन मन्त्रीको रुपमा शपथ लिएका छन् । त्यस्तै, नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला मन्त्रालय र धनबहादुर बुढाले शहरी विकासमन्त्रालयकाे जिम्मेवारी पाउने गरी शपथ लिएका छन् ।
रास्वाका तर्फबाट सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमुना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् । आज शपथ लिएका सबै मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने जनाइएकाे छ ।
.jpg)