होमपेज / राजनीति
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् ।
यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए ।
चुमानले समर्थन फिर्ता लिएसँगै सरकार गठनको कसरतमा लागेको बताए । नयाँ गठबन्धनको सरकार बनाउन छलफल चलिरहेको छ ।