ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एस सरकारमा सहभागी हुन सकारात्मक

नेपालगाथा २०८० फाल्गुण २२ गते मंगलबार २१:४६:५८ मा प्रकाशित

काठमाडाैं | नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डले नेपाल निवास कोटेश्वरमै पुगेर करिब दुई घण्टा छलफल गरेका छन् । छलफल पछि नेपालले सरकारमा सहभागी हुने सकारात्मक जवाफ दिएकाे एमाले अध्यक्ष ओलीले बताए । 

एमाले अध्यक्ष ओलीले नेपाल बिरामी समेत भएकाले स्वास्थ्य अवस्था बुझ्नुका साथै सरकारमा सहभागी हुन समेत आग्रह गर्न नेपाल निवास काेटेश्वरमा नै पुगेकाे बताए । 

यस्तै भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले भोलि पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top