होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका छन् ।
नेपाली कांग्रेसबाट अर्थ मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार वीसी बनेका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको र मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।