होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जसमा नेकपा एमालेका पदम गिरी, आफ्नो दल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् ।
तीनै जना मन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने ताेकिएकाे छैन ।
प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरी सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् ।