ट्रेण्डिङ

होमपेज / राजनीति

कुन प्रदेशमा कुन पार्टीकाे कति सिट ?

नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार १४:४३:५५ मा प्रकाशित

कुनै पनि प्रदेशमा कुनै पनि पार्टीकाे एकल बहुमत छैन । अहिलेको अवस्थामा सबै प्रदेशमा एमाले र माओवादीसहितका नयाँ सत्ता साझेदार दलहरू बहुमतमा रहेकाे देखिन्छन् ।

कोशी प्रदेश

कुल सिट संख्या - ९३ सदस्यीय

कोशीमा एमाले पहिलो दल हो । कोशीमा एमालेसँग ४० सीट छ । दोस्रो दल कांग्रेससँग २९ सीट छ । माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र राप्रपासँग ६ सीट छ । जसपासँग एक सीट छ । ९३ सिट रहेकाे प्रदेश सभामा सरकार बनाउन ४७ जना सीट चाहिन्छ । कोशीमा एमाले-माओवादीको बहुमत छ । तर, संवैधानिक जटिलताले तत्काल सरकार बदल्न सम्भव छैन ।

मधेश प्रदेश

कुल सिट संख्या - १०७ सदस्यीय

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसद चाहिन्छ । मधेसमा पनि पहिलो शक्ति एमाले नै हो । एमालेसँग २३ सीट छ । दोस्रो दल कांग्रेससँग २२ सांसद छन् । माओवादी केन्द्रसँग आठ सीट, एकीकृत समाजवादीसँग सात सीट छ । जसपासँग १६, जनमत पार्टीसँग १३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९ सीट छ । यहाँ ६ जना स्वतन्त्र सांसद छन् । मधेशमा नयाँ गठबन्धनकै बहुमत छ । 

वाग्मती प्रदेश

कुल सिट संख्या - ११० सदस्यीय

११० सदस्यीय वाग्मती प्रदेश सभामा सरकार बनाउन ५५ सीट चाहिन्छ । वाग्मतीमा कांग्रेस ३७ सीटसहित पहिलो दल हो । दोस्रो दल एमालेसँग २७ सीट छ । माओवादीसँग २१, एकीकृत समाजवादीसँग सात, राप्रपासँग १३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग तीन र हाम्रो नेपाल पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा)सँग एक–एक सीट छ । बाग्मतीमा एमाले-माओवादी मात्रै मिले सरकार बन्छ । 

गण्डकी प्रदेश

कुल सिट संख्या - ६० सदस्यीय​​​​​​​

कुल ६० प्रदेश सभा रहेको गण्डकीमा कांग्रेससँग २७ सीट छ । एमालेसँग २२, माओवादीसँग आठ सांसद छन् । एकीकृत समाजवादी र नेसपासँग एक–एक सीट छ । गण्डकीमा सरकार बनाउन ३० सांसदको साथ चाहिन्छ । सत्ता गठबन्धनसँग गण्डकीमा ठ्याक्कै ३० सांसद छन् ।

लुम्बिनी प्रदेश

कुल सिट संख्या - ८७ सदस्यीय​​​​​​​

लुम्बिनी प्रदेशमा कुल ८७ प्रदेश सभा सदस्य छन् । यहाँ सरकार बनाउन ४४ सीट आवश्यक पर्छ । लुम्बिनीमा एमालेसँग २९ सीट छ । कांग्रेससँग २७ सीट छ । लुम्बिनीमा माओवादीसँग ९ र राप्रपासँग चार सीट छ । जसपा, जनमत र लोसपासँग समान तीन–तीन सीट छ । नागरिक उन्मुक्ति पार्टीसँग चार र तीनजना स्वतन्त्र सांसद छन् ।

कर्णाली प्रदेश

कुल सिट संख्या - ४० सदस्यीय​​​​​​​

कर्णाली प्रदेशमा २० सीट भए सरकार बन्छ । कुल ४० सदस्यीय प्रदेश सभामा कांग्रेस पहिलो दल हो । कांग्रेससँग १४ सीट छ । एमालेसँग १० र माओवादीसँग १३ सीट छ । यस्तै, एकजना स्वतन्त्र सांसद छन् । 

सुदूरपश्चिम प्रदेश

कुल सिट संख्या - ५७ सदस्यीय​​​​​​​

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १९ सीट छ । माओवादीसँग ११ र एमालेसँग १० सीट छ । नागरिक उन्मुक्ति पार्टीसँग सात र एकीकृत समाजवादीसँग चार सीट छ । एक स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन कम्तीमा २७ सांसद चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top