ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने

नेपालगाथा २०८० फाल्गुण १३ गते आइतबार १४:४९:२३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगको आज बसेको बैठकले  २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको छ ।

०७९ मंसिरमा भएको चुनावमा इलाम २ बाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएकाे थियाे ।

 यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरिएको हो। सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top