ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रको चौथो अंगका रुपमा रहेका पत्रकारहरूले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइन -विराजभक्त श्रेष्ठ

नेपालगाथा २०८० फाल्गुण १३ गते आइतबार १२:४४:३३ मा प्रकाशित

काठमाडौं ।  रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाइरहेको भन्दै  सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।  आज प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बाेल्दै पत्रकारहरूले विभिन्न कालखण्डमा निर्वाह गरेका भूमिकाबारे जानकारी गराउनु भयाे। सांसद श्रेष्ठले श्रमजीवी पत्रकारहरूको समस्या हल नभए लोकतन्त्रसमेत नफस्टाउने भन्दै उहाले सरकारको ध्यानाकर्षण गराउनु भयाे। 

श्रमजीवी पत्रकारहरूले अहिले समयमा पारिश्रमिक नपाएको कुरा सडकसम्म आइपुगेको छ। पजातन्त्रको बहाली र पुन:स्थापनामा मात्र होइन, सुशासन, पारदर्शिता र आमजनतालाई सुसूचित गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएका पत्रकारहरू विषम परिस्थितिबाट गुज्रिरहेका छन्, उहाले भनुभयाे, श्रमजीवी पत्रकारहरूले झेल्दै आएका यो समस्यालई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन।  राष्ट्रको चौथो अंगका रुपमा रहेका पत्रकारहरूले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइन ? यसतर्फ सरकारले ध्यान देवस्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top