होमपेज / राजनीति
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल मन्त्रीपदबाट बर्खास्त गर्न प्रतिनिधिसभाको बैठकमा माग गरेका छन्।
बैठककाे सुरुमा नै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा माग गरे। बैठकमा बोल्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा मागे।
यस्तै स्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए। उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ? भन्दै प्रश्न साेधे।