ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीको स्थायी समिति बैठक बस्दै

नेपालगाथा २०८० फाल्गुण १० गते बिहीबार ११:५७:०० मा प्रकाशित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहिबार बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउसाे १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र नेताहरुको कार्यविभाजन चारमहिने अभियानको विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनु भयाे ।

बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने सचिव उपाध्यायले बताउनु भयाे। माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो।

उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकपछि माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top