होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत ४० बुँदे माग बुझाएका छन्।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध गर्नु भएकाे छ। यस्तै सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा गरेकाे प्रधानमन्त्री प्रचण्डले बताउनु भएकाे थियाे।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना मुद्दाहरू लिएर संघर्ष गर्ने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन उहाले भन्नु भयाे तपाईहरूको संघर्ष कार्यक्रम शान्तिपूर्ण होस्, हामी शान्ति प्रक्रिया टुंगाउन पहल गरिरहेका छौं। त्यसमा सकारात्मक सहयोग रहोस्। सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग रहोस्।