ट्रेण्डिङ

होमपेज / राजनीति

 देउवा र गगनबीच सहमति नजुट्दा छलफल निष्कर्षविहीन

नेपालगाथा २०८० फाल्गुण ७ गते सोमबार १३:३२:५५ मा प्रकाशित

काठमाडौं।  सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति जुटन नसक्दा छलफल निष्कर्षविहीन भएको छ। बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन्। तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन्।

सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन्। तर, महामन्त्री थापाले नहटाउने अडान  राखे पछि सहमति जुटन सकेकाे छैनं । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top