होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले दैलेख जिल्ला कार्यसमितिको अध्यक्षमा सुर्यबहादुर शाही निर्वाचित हुनुभएकाे छ । पार्टीको आठौं अधिवेशनबाट सर्वसहमतिले नयाँ नेतृत्व निर्वाचित भएकाे हो । शाही नेतृत्वमा नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उपसचिवमा तारा कुमारी सोनी र मिनबहादुर बुढाक्षेत्री निर्वाचित हुनुभएकाे छ ।
सदस्यमा खुलातर्फ महिलामा खगिसरा बुढा, रेखा थापा, विष्णुकुमारी जैसी, सीताकुमारी शाही र पदमकुमारी विष्ट निर्वाचित भएका छन्।
सदस्य खुलातर्फ पुरुषमा नामाखर शर्मा, दिपेन्द्र ओली, ई. कपिल खनाल, रामप्रसाद जैसी, लालबहादुर शाही, जितेन्द्रकुमार थापा, शान्ति प्रसाद शर्मा, कबिराम सुनार, किसोर कुमार मल्ल र नविन कुमार योगी निर्वाचित भएका छन् ।