होमपेज / राजनीति
काठमाडाैं | कोशी प्रदेश सभाकाे आज बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सभामुख चयन प्रक्रिया आजैदेखि शुरू गर्ने बताएकाे छ । प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा सभामुख चयन प्रक्रिया शुरू गर्ने तय भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरू छलफल गरिरहेका छन् ।
कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ । नेपाली कांग्रेस र एमाले संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले भने सभामुख आफूले लिने निर्णय गरिसकेको छ ।
प्रमुख विपक्षी नेकपा (एमाले)को बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।