होमपेज / राजनीति
हुम्ला । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) हुम्लाले तीनजनाको नाम सिफारिस गरेको छ । सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबाहक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको उम्मेरदारका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
पार्टी केन्द्रीय सदस्य छक्कबहादुर लामाको उपस्थितिमा बसेको बैठकले समावेशी (दलित) क्लष्टरबाट पर्वत सुनार, समावेशी (महिला) क्लष्टरबाट जिल्ला कमिटी उपसचिव बिमलाकुमारी शाही र खुल्लाबाट कार्यबाहकअध्यक्ष डवल रावतलाई सिफारिस गरेको पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिए ।
सचिव बोहोराका अनुसार जिल्लाले पठाएका नाममा पार्टी प्रदेशको निर्णय अनुसार केन्द्रलाई सिफारिस गर्नेछ । आगामी निर्वाचनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाको एकल नाम सिफारिस गरेर पठाइसकेको छ ।