ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस केन्द्रीय समितिकाे बैठक आज पनि

नेपालगाथा २०८० पौष १३ गते शुक्रबार ०८:२३:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजो बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । 
 
हिजोको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू बैठकबाट हिँडेका थिए ।

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको भन्दै नेताहरूले आरोप लगाएका थिए । मन्त्रीहरूले गुटका लागि काम गर्ने तर ‘अपजस’ सिंगो पार्टीले बोक्नुपर्ने भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले कांग्रेस सत्तामा भए पनि उपलब्धि नभएको बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top