ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाकाे नारायणगढ–बुटबल सडक छिटो सम्पन्न गर्न दबाब यात्रा

नेपालगाथा २०८० पौष ९ गते सोमबार १२:३६:१० मा प्रकाशित

काठमाडाैं | नारायणगढ–बुटबल सडक निर्माणकार्य छिटो सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरू गरेको छ । रास्वपा सभापति रवि लामिछानेसहित नेताले सोमवार नवलपुरको गैडाकोटबाट यात्रा शुरू गरेका हुन् । तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएकोले सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए । चार लेनमा विस्तार गर्न लागिएको नारायणगढ–बुटबल खण्डको १ सय १५ किलोमिटर राजमार्गको भौतिक प्रगति ४४ प्रतिशत मात्र रहेको छ । 

२०७५ सालमा शुरू भएको आयोजनाको काम २०७८ मै सम्पन्न हुनुपर्ने भए पनि अझै ५० प्रतिशत काम पूरा भएको छैन । सरकार र ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काम पूरा नभएकोले दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए । ‘ठेकेदारको कुरा सुन्दा सरकारले रुख र बिजुलीका पोल नहटाएको गुनासो सुनिन्छ, सरकारको दाबी अकै छ,’ यात्रा शु्रू गर्नुअघि लामिछानेले भने, ‘सरकार र ठेकेदारका कारण स्थानीयतले दु:ख पाउनु भएन, सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरेका हौं ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top