होमपेज / राजनीति
काठमाडौं । मंसिर ७ गते गर्ने तय भएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालकाे ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ माइतीघर मण्डला क्षेत्र निषेधित क्षेत्र घोषणा भएपछि काठमाडौंस्थित तिनकुनेमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई सोमबारदेखि ३० दिनसम्म लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गर्दै तिनकुनेमा तय गरेकाे हाे ।
कार्यक्रम निर्धारित मिति र समयमै उक्त स्थानमा हुने संघका अध्यक्ष क्षितिज थेबेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले माइतीघर क्षेत्रमा एकै दिन कार्यक्रम राखेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधित घोषणा गरेको हो ।
