होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम शुरू गर्ने भएकाे छ । निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका उम्मेदवार आफ्नो जिल्ला केन्द्रित भएर जनताका सुझाव र गुनासा सुन्ने कार्यक्रम तय भएकाे सहमहामन्त्री बुर्लाकोटीले बताए ।