ट्रेण्डिङ

होमपेज / राजनीति

कोशीमा सरकार गठन, दुवै पक्षबाट एक-एकजना मन्त्रीको शपथ

नेपालगाथा २०८० आश्विन २८ गते आइतबार १६:१२:३२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका छन् । केदार कार्कीलाई साथ दिएका सांसदमध्येबाट २ जनालाई मन्त्री बनाउनुपर्ने भएपछि आज मुख्यमन्त्रीसहित दुवै पक्षबाट १-१ जनालाई मात्र शपथ गराइएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीबीचको छलफलमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी थियो ।

एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको भए पनि रानालाई मात्रै शपथ गराइएको छ । कांग्रेसबाट शम्सेर राई मन्त्री नियुक्त भएका छन् ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top