धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्ने सिंहबाहेक सवै अछाम जिल्लाका हुन्।
यस्तै उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सचिवमा रणबहादुर चन्द र राजेश खाती, उपसचिवमा महिलातर्फ भागरथी विष्ट कन्दकला कुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दर्ता गराएका छन्।
उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर
४ महिना अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
५ महिना अगाडि