ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले गण्डकी अधिवेशनमा २७ जना सदस्य निर्विरोध निर्वाचित

नेपालगाथा २०८० आश्विन १७ गते बुधबार २१:४३:०९ मा प्रकाशित

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुने २७ सदस्यहरुमा आदिवासी जनजाति महिलाहरू जोगमाया महतो, निर्मला थापा र लालसुब्बा गुरुङ रहेका छन् । यसैगरी अल्पसंख्यक महिलामा सुनकुमारी भुजेल घर्ती रहेका छन् । गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल) तर्फ टीकानारायण श्रेष्ठ, गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल) हरिप्रसाद काफ्ले, बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल) लिला राणा, बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल) टंकप्रसाद शर्मा पौडेल, मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल) चिन घले, प्रदेश मजदुर (महिला), संगिता पाण्डे रहेका छन् ।

यसैगरी जिल्ला भूगोल दलित (नवलपुर) तर्फ कृष्णबहादुर विके, जिल्ला भूगोल खुल्ला (मनाङ) बाबुराम नेपाली, पेम्बा घले, जिल्ला भूगोल खुल्ला (मुस्ताङ) हेमेन्द्र शेरचन, जिल्ला भूगोल महिला (मुस्ताङ) शर्मिला गुरुङ, लमजुङ जिल्ला भूगोल खुल्ला प्रेमबहादुर घले र फूलबहादुर थापा, लमजुङ जिल्ला भूगोल महिला लक्ष्मी अधिकारी र विष्णुमाया राना, जिल्ला लमजुङ दलित नन्दराम विश्वकर्मा रहेका छन् ।

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङबाट इन्द्रधारा विष्ट, संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी हरिकृष्ण श्रेष्ठ, जिल्ला भूगोल म्याग्दी किरण सापकोटा, जिल्ला भूगोल दलित म्याग्दी पुष्कर विक, जिल्ला भूगोल दलित मुस्ताङ तिलक विक र लेखा समिति महिला सदस्यमा मन्जु केसी र रेखा पौडेल निर्विराेध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top