ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको कर्णाली अधिवेशनमा मतदान आइतबार विहान ८ बजेदेखि शुरू

नेपालगाथा २०८० आश्विन १३ गते शनिबार २१:१२:१४ मा प्रकाशित

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनकाे मतदान कार्यक्रम आइतबार विहान ८ बजेदेखि हुने भएकाे छ ।

सहमतिका लागि दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी भए पनि सुरक्षाको कारण देखाउँदै आइतबार विहानका लागि सारिएको निर्वाचन कमिटीले जानकारी दिएकाे छ । आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुनेछ ।

सुर्खेतका छुट्टाछुट्टै दुइवटा घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले दिनभर प्रदर्शन गरेका कारण सुर्खेतको वीरेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त थियाे। एमालेले सोही कारणले रातिमा मतदान गर्नु उपयुक्त नहुने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top