होमपेज / राजनीति
विराटनगर । नेकपा एमाले कोशीको अध्यक्षमा बिनोद ढकाल र घनश्याम खतिवडाकाे उम्मेदवारी दर्ता भएको छ।
एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य सुनिता बरालले अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । आज अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो । तर समयभित्र उम्मेदवारी दर्ताको क्रम जारी रहेपछि समय बढाइएको छ ।
एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । प्रदेश अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २ सय १५ सदस्यीय हुनेछ ।