होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पदाधिकारीमा २० जनाकाे उम्मेदवारी परेकाे छ । एक अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। एक अध्यक्षका लागि गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मिनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको छ ।
यसैगरी उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। भने सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेदवारी परेको छ।
उपसचिव समावेशीका लागि मेनका पछाई र पद्मा खड्काले उम्मेदवारी दिनुभएकाे छ। उपसचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक (ताेरन) र धिरेन्द्रराज गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत रामबाबु बिसीले जानकारी दिनुभयाे।
निर्वाचन समितिका अनुसार कुल एक सय ३० सदस्यका लागि करिब तीन सयकाे उम्मेदवारी परेकाे छ।