होमपेज / राजनीति
रुपन्देही । बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि हरि रिजाल र राधाकृष्ण कँडेलले दुइटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अधिवेशनकाे साेमबार नै मतदान हुने निश्चित भएको छ ।
कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।
सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ ।
रिजाल टीम
अध्यक्ष : हरि रिजाल, प्यूठान
उपाध्यक्ष : विश्वराज बराल (अनुप), रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
दुई उपसचिव : पूर्णबहादुर बुढा, रोल्पा र बसन्ती अधिकारी, बाँके
कँडेल टीम
अध्यक्ष : राधाकृष्ण कँडेल, पाल्पा
उपाध्यक्ष : भोजप्रसाद श्रेष्ठ, रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
उपसचिव : लीला राना, बर्दिया र दुर्गा चौधरी, बाँके