होमपेज / राजनीति
सुर्खेत । सुर्खेतका लाेकप्रिय नेता माेहन बडुवाल नेकपा एमाले मै फर्किएका छन् । पश्चिमी सुर्खेतका जनप्रिय नेता माेहन बडुवाल जनताका असल सेवकका रूपमा परिचित छन् । मिठास बाेली र सहयाेगी भावनाका माेहन दाइ प्राय युवा माझ लाेकप्रिय मानिन्छन् । माेहन दाइ नेकपा हुँदा सुर्खेत जिल्ला कमिटीकाे सचिव थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागे पछि पश्चिमका जनताका साथै धेरै युवाहरू माेहन दाइ प्रति रूष्ट थिए । आज माेहन दाइसँगै अधिकांश नेता तथा कार्यकर्ता नेकपा एमालेमै फर्किएपछि युवा जमात उत्साहित भएका छन् ।

माेहन दाइलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले कर्णाली ईन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले एक कार्यक्रमका बीच स्वागत गरेका छन् ।
माेहन दाइसँगै समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनको सिंगो कर्णालीको टिम पनि एमालेमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकीकृत समाजवादीले जनताका आकांक्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गरेका छन् । उनले जनताको बहुदलीय जनवादलाई साकार पार्न एमाले नै एक्लो पार्टी भएकाले यो अभियानमा साथ दिन आग्रह गरे ।
उनले एमालेमा प्रवेश गरेका समाजवादीका नेता कार्यकर्ताहरुको भावनामा कुनै ठेस नपुर्याउने र पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

