होमपेज / राजनीति
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अनुसन्धानका नाममा आफै अनुसन्धानको नाटक गरेर निष्कर्ष निकालिरहेको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका सञ्चारकर्मीहरुसँग 'कफी र कुरा' अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरलले यस्तो बताउनुभएको हो ।
ललिता निवास प्रकरणका सम्बन्धममा उठेका कुरालाई सम्वोधन गर्दै महासचिव पोखरलेले सरकारले मुख्य व्यक्तिहरुको छानविन प्रक्रिया शुरु गरेको भए पनि राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक मात्र गरिरहेको बताउनुभयो । उहाँले घरमा गएर अनुसन्धानदाता आफैले निष्कर्ष निकालेर अनुसन्धान अघि बढाउने प्रक्रिया दुनियाँलाई भ्रम सिर्जना गर्ने काम मात्र भएको जिकिर गर्नुभयो ।
सुन प्रकरणमा सत्तापक्ष नैं संलग्न भएकाले उच्च स्तरीय छानबिन समिति आवश्यक
केही समयदेखि भइरहेको संसद अवरुद्द र सुन प्रकरणका विषयमा महासचिव पोखरलले सुन प्रकरणमा सत्ता पक्षको संलग्नता भएको निष्कर्ष कै आधारमा उच्च स्तरीय छानबिन समिति आवश्यक रहेको बताउनुभयो ।
विद्युतीय सूचना रेकर्ड भन्सार विभागका बारेमा तीन स्थानबाट हेर्ने व्यवस्था गरिएको बताउँदै महासचिव पोखरेलले अहिलेको सरकारले तीन ठाउँबाट अनुगमन गर्न सकिने व्यवस्थालाई के कारणले बन्द गर्यो यो विषयका बारेमा तथ्यगत कुरा बाहिर आउनुपर्छ । यसैगरी दुई महिना अघि नक्कली कम्पनी खडा गरेर पानी तान्ने पम्प र ब्रेक सुलाई जहाजमा चढाएर ल्याउनुपर्ने कारण सुन तस्करीकै लागि रहेछ भन्ने कुरा पनि प्रमाणित भएको महासचिव पोखरेलले दाबी गर्नुभयो ।
सरकारले गरेको बदमासीका बारेमा बताउँदै महासचिव पोखरेलले कर्मचारीले थाहा पाउन सकेनन् भनेर पनि मान्दिनु पर्ने, ब्रेक सु को तौल कति हुन्छ भनेर भन्न नपाइने, कर्मचारीले रिचेक गरौं भन्दा हाकिम आएर त्यो होइन भन्दा त्यो पनि मान्दिनु पर्ने । अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नू पर्ने जस्ता गतिविधिले पनि सुन तस्करीमा सत्ता पक्ष कै संलग्नता भएको पुष्टी गर्ने बताउनुभयो ।
दुई महिनामा यति ठूलो सुन तस्करी भएको तत्थ्य छ भने एक वर्षमा कति सुन तस्करी भयो होला भन्दै महासचिव पोखरेलले यो सबै तथ्यका आधारमा सुन तस्करमा सत्तापक्ष नैं संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्च स्तरीय छानविन समिति गठनको माग गरेका हौं ।
प्रतिपक्षलाई फसाउन नक्कली भुटानी शरणार्थी
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान शुरु भएको बताउदै महासिचव पोखरेलले गृह मन्त्रालयको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम भएकोमा सक्कली प्रतिवेदन भेटिएपछि नक्कली भुटानी शरणार्थी प्रकरण सबै सेलाएको बताउनुभयो । तर बाहिर नेताहरुको भेटघाटले यो प्रकरण सेलाएको भनेर हल्ला गरियो त्यसैले हामी तथ्यको पछि नलागेर कता दौडिरहेका छौं भन्ने कुरा पनि यस्ता घटनाक्रमले बताइरहेको महासचिव पोखरेलले बताउनुभयो ।
कर्णालीको नेतृत्वमा केन्द्रीय नेतृत्व सकरात्मक
कर्णालीको नेतृत्वका सम्बन्धमा केन्द्रीय नेतृत्व जहिले पनि सकारात्मक भएको बताउँदै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिमा देखिएको समिकरणका आधारमा प्रमुख पार्टी मिल्नु पर्छ भन्नेमा एमाले स्पष्ट भएका कारण समीकरण भत्काउने प्राथमिकताले कर्णाली रोजाइमा नपरेको स्वीकार गर्दै अहिले मओवादीका लागि कर्णाली छोड्नै नपर्ने विषय रहेछ भन्ने नेतृत्वले महसुश गरेको बताउनुभयो ।
कर्णालीको नतेृत्व र नेताको पार्टीमा महत्वपूर्ण योगदान भएको बताउँदै महासचिव पोखरेलले कर्णालीलाई पार्टी नेतृत्वले सधै सहयोग गरिरहेको र यसका बारेमा पार्टी र सम्बन्धित व्यक्तिले पनि सोही अनुसार भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
केपी ओली सरकारको नेतृत्व हुँदा प्रदेश आफैले आवश्यकताका आधारमा खर्च गर्न पाउने गरी सामान्यीकरणको अनुदानमा कर्णालीलाई सबैभन्दा बढी रकम व्यवस्था गरिएको बताउँदै महसचिव पोखरेलले पत्रकारहरुलाई एमालेको आलोचना पनि गर्न र तथ्य पनि बाहिर ल्याउन आग्रह गर्नुभयो ।