ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले महासचिव पोखरेलले कर्णालीमा केन्द्रीय सदस्यहरुको बैठकलाई सम्वोधन गर्ने

नेपालगाथा २०८० भाद्र ५ गते मंगलबार २२:२२:४८ मा प्रकाशित

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल कर्णाली प्रदेशकाे राजधानी सुर्खेत पुग्नु भएको छ । कर्णाली कार्यक्षेत्र भएका एमाले केन्द्रीय सदस्यहरुको बैठकलाई सम्वाेधन गर्न महासचिव पोखरेल सुर्खेत पुग्नु भएको हो ।

पार्टीले शुरु गरेको मिसन ८४ अभियानको योजना तर्जुमा र संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न पहिलो पटक केन्द्रीय सदस्यहरुको बैठकको आयोजना गकेको नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिनुभयो । अध्यक्ष शाहका अनुसार पार्टी संगठन निर्माणमा केन्द्रीय सदस्यहरुको सुझाव संकलन गर्न र पार्टीको सुदृढीकरणमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङका लागि केन्द्रीय पार्टीको निर्देशन अनुसार बैठकको आयोजना गरिएको हो ।

बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यामलाल कंडेल र गोरख बोगटीले पनि संवोधन गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top