होमपेज / राजनीति
काठमाडौं। नेकपा एमालेले सबै प्रदेशको अधिवेशन भदाैं र असाेज महिनामा गर्ने भएकाे छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौं १६ गतेबाट सुरु गरी असोज २२ गतेसम्म सम्पन्न गर्ने गरी सबै प्रदेश कमिटीको अधिवेशन मिति तोकेको हो ।
एमाले सचिव योगेश भट्टराईले दिनुभएकाे जानकारीअनुसार लुम्बिनी प्रदशेको अधिवेशन भदौं १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ । यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमति प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ । यस्तै असाेज १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन गर्ने तालिका नेकपा एमालेले सार्वजनिक गरेकाे छ ।
सवै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटीका अध्यक्षदेखि सदस्यसम्म सबै प्रतिनिधि चुनिएर आउनुपर्ने मापदण्ड यसअघि नै तय गरिसकेको छ ।