ट्रेण्डिङ

होमपेज / राजनीति

माधव ढुंगेल एमाले संगठन विभागकाे सचिव

नेपालगाथा २०८० श्रावण २९ गते सोमबार २०:१८:१५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल चयन भएका छन् । सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको सचिवमा मनोनित गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभाग सचिव गगन विष्टले जानकारी दिए ।

राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका ढुंगेलले  विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन् ।

नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका ढुंगेल पार्टी युवामाझ लोकप्रिय मानिन्छन् । संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top