होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं सो पार्टीका भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापालगायतका तीन दर्जन बढी युवा नेकपा एमालेमै फर्किएका छन् । नेकपा एमालेमै फर्किनेहरूमा युवा संघ केन्द्रीय सचिवालय सदस्य एवं भक्तपुर इञ्चार्ज तेजबहादुर श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य युवराज खडकासहित ३६ जना युवा नेताहरु रहेका छन् ।
एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले युवाहरूलाई पार्टीमा स्वागत गर्नुभयो । नेकपा एस छाडेर एमाले प्रवेश गरेपछि उहाँहरुले माधव नेपालले सवैलाई भ्रममा पारेको र अहिले भ्रममुक्त भएकोले एमालेमै फर्किएको बताएका छन् ।