ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद पक्राउ परेपछि कांग्रेस नेताहरूकाे मिश्रित भनाइ

नेपालगाथा २०८० श्रावण २६ गते शुक्रबार १६:५३:१६ मा प्रकाशित

काठमाडाैं | नेपाली कांग्रेसका सांसद ‘सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेपछि कांग्रेस संसदीय दलका सदस्यले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा बैठकपछि नयाँ बानेश्वरमा बसेको दलको बैठकमा  ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, देवीप्रसाद तिमल्सिना, उदय राणासहितका सांसदले शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाए ।

केही सांसदले भने सामान्य घटनामा सांसदलाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए । सांसद श्याम घिमिरले शैक्षिक प्रमाणपत्रका विषयमा यस अघि पनि अरूले सफाइ पाएकाे भन्दै सांसदजस्तो जिम्मेवार मान्छेलाई घरबाट लगेर थुन्नु उचित नभएकाे बताए ।

राजनीतिक रुपमा प्रतिशोध साँध्दा भोलि–भोलि यस्ता घटना दोहरिन सक्ने भएकाले फरक मापदण्ड हुनुहुँदैन भन्नेमा धेरै सांसदले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top