ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाका सांसदले संसद नचलेको दिनकाे सुविधा नलिने

नेपालगाथा २०८० श्रावण २६ गते शुक्रबार १६:२६:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने जनाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको समयको कुनै पनि सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।

दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिक रूपमा पत्र दर्ता गराएकाे बताउँदै सभापति लामिछानेले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top