ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले सुर्खेतकाे जिम्मेवारीमा हेरफेर

स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष अमृत बिसी र प्रचार विभाग प्रमुखमा घनश्याम पाण्डे

नेपालगाथा २०८० श्रावण २६ गते शुक्रबार ०९:५९:१४ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले सुर्खेतले विभिन्न विभागको जिम्मेवारीमा हेरफेर गरेको छ । साउन ६ गते बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयलाई साउन १२ र १३ गते बसेको पदाधिकारी बैठकले अनुमोदन गरेपछि विभिन्न विभागहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष अमृत विसीलाई जिम्मेवारी तोकिएको छ भने प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा घनश्याम पाण्डेलाई ताेकिएकाे छ। यसैगरी संगठन विभाग प्रमुखमा उपाध्यक्ष कुलमणि देवकोटा र जनवर्गीय संगठन तथा समन्वय संयन्त्र प्रमुखमा सचिव कविन्द्र केसीलाई तोकिएको छ ।

यसैगरी आर्थिक विभाग प्रमुखमा डम्बर तिवारी, स्थानीय विकास विभाग प्रमुखमा गंगाराम तिमिल्सेना र सामाजिक सेवा विभाग प्रमुखको पूर्णप्रसाद पौडेललाई जिम्मेवारी उपसचिव घनश्याम पाण्डेले जानकारी दिनुभयाे।

जिल्ला पार्टीकाे सहकारी विभाग प्रमुखमा बलबहादुर विक, स्वास्थ्य विभाग प्रमुखमा टिका विष्ट, युवा तथा खेलकुद विभाग प्रमुखमा खिमलाल देवकोटा, उद्योग तथा बाणिज्य विभागमा सूर्यबहादुर रावतलाई तोकिएको छ ।

यस्तै, विपद् तथा स्वयंमसेवक सेवा विभागमा गंगाराम सुनार, शिक्षा तथा मानव संशाधन विभाग प्रमुखमा यामुना नेपाली र खानेपानी तथा सरसफाई विभाग प्रमुखमा रत्न बुढालाई जिम्मेवारी ताेकिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top