ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीकाे पदाधिकारी जिम्मेवारी हेरफेर

नेपालगाथा २०८० श्रावण २१ गते आइतबार १७:४२:४२ मा प्रकाशित

काठमाडाैं | नेकपा (माओवादी) केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावमा पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकबाट उपमहासचिव वर्षमान पुन अनन्तलाई विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ । अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

कोशी प्रदेशमा लीलामणि पोखरेल, मधेश प्रदेशमा देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशमा मातृका यादव, कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इञ्चार्ज तोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top