ट्रेण्डिङ

होमपेज / राजनीति

सिन्धुपाल्चोकमा रित्तियाे नेकपा एस, सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

नेपालगाथा २०८० श्रावण २० गते शनिबार १३:४१:३३ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का केन्द्रीय सदस्य सुभाष कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका सयौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका र वडा तथा विभिन्न जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू रहेकाछन् ।

नव प्रवेशीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । सिङ्गो जिल्ला नै खाली गरेर एमाले प्रवेश गर्न लागेको सुइँको पाएपछि कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो ।

उनलाई कारबाही गरेको भोलिपल्टै उनी आफ्नो पुरानो घर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top